प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन् ।
आइतबार बिहान दलका प्रतिनिधिहरूसँग छलफल गरेका उनले अपरान्ह विज्ञहरुसंग चीन भ्रमणका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदैछन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।





























प्रतिक्रिया