समाजवादी माेर्चाकाे सन्देशसभा विराटनगरमा

समाजवादी माेर्चाकाे सन्देशसभा विराटनगरमा

केन्द्रबिन्दु
0
Shares

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ। 

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो। सो सन्देशसभा दिउँसो १२ बजेबाट सुरु हुनेछ।  

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले उक्त सभालाई सम्बोधन गर्नेछन्। साे सभाकाे आयाेजना जसपा नेपालले गरेकाे हाे। माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ।  

Skip This
Skip This
Logo