जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

केन्द्रबिन्दु
0
Shares

नेपाली जनसम्पर्क समिति अमेरिकाले 'प्रथम बिपी साहित्य महोत्सव' सफलताको शुभकामना व्यक्त गरेको छ।

जनसम्पर्क समितिका सभापति एवम् काँग्रेस पूर्वकेन्द्रीय सदस्य समेत रहेका आनन्द विष्टले एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसको आयोजनामा आइतबारबाट तीन दिनसम्म सञ्चालन हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन्।

'काँग्रेसले केन्द्रीय कार्यसमितिले नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा 'प्रथम बिपी साहित्य महोत्सव' आयोजना गर्ने खवरले हर्षित तुल्याएको छ। तीन दिनसम्म (भदौ २४,२५ र २६ गतेसम्म) जारी रहने यो महोत्सव पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ। आइतबारबाट काँग्रेस मुख्यालय सानेपामा बिपी साहित्य महोत्सव सुरु भएको छ।

Logo