नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व.सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्। संविधान सभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिए।

नेम्वाङको पार्थीव  शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ। एमाले उपाध्यक्ष नेम्वाङको गएराति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो। 

Logo