नेम्वाङको निधनपछि सबै कार्यक्रम स्थगित गरी स्वदेश फर्कँदै एमाले महासचिव पोखरेल

नेम्वाङको निधनपछि सबै कार्यक्रम स्थगित गरी स्वदेश फर्कँदै एमाले महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नो भ्रमण छोटयाएर स्वदेश फर्कँदैछन्। हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेल पार्टी उपाध्यक्ष नेम्वाङको निधनपछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन्।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौँ। यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनुभएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क.शंकर पोखरेल आफ्नो सम्पुर्ण पूर्व निर्धारित सम्पुर्ण कार्यक्रम स्थगित गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने,‘आजै  छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनुहुनेछ। यसपछिको सम्पुर्ण कार्यक्रम स्थगित भएको छ।’ 

उनका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ।

Skip This
Skip This
Logo