नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन्।उनले सामाजिक सञ्जालमा लेख्दै सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नभएर सुख दुःखको साथी पनि भएकाे बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्,“मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”































प्रतिक्रिया