सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो । 

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियाे। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

Skip This
Skip This
Logo