सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो । 

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियाे। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

Logo