कानून बनाएर मात्रै बजार शुद्धिकरण हुँदैन, मान्छेको मन शुद्ध हुनुपर्छः मन्त्री गुरुङ

कानून बनाएर मात्रै बजार शुद्धिकरण हुँदैन, मान्छेको मन शुद्ध हुनुपर्छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन्। 

नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौँमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नुगेपछि समाज शुद्ध नहुने तर्क गरेका हुन्। 

‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ। हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ। सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउने हो भने पो सामान शुद्ध हुने हो। हामी आफैं शुद्धिकरण भएपछि मात्रै मिसावटरहित  सामान आउँन सक्छ।’उनले भने,‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होइन। हामीलाई छिटो फाइदा कमाउने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ।’

उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए। महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गरेको भन्दै उनले सो प्रयासमासरकार सधैंसँगै रहेको बताए।

उनले भने,‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुकभरको नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपालि सरकार सँगै उभिन चाहान्छ।’ 

उनले हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गनुपर्ने बताए। वर्तमान समाजमा छिटो फाइदा कमाउँने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए। 

यस्तै,उनले कार्यक्रममा जाँदा मायाको चिनो,सम्मान पत्र वितरण गर्नु भनेको फजूल खर्च भएको मान्यता व्यक्त गर्दै यस्तो सम्मान पत्रको भारी नबोगाई दिन पनि अनुरोध गरेका छन्।

Logo