सुवास नेम्वाङको अन्त्येष्टि बेलायतबाट जेठाे छोरा आएपछि मात्रै

सुवास नेम्वाङको अन्त्येष्टि बेलायतबाट जेठाे छोरा आएपछि मात्रै

केन्द्रबिन्दु
0
Shares

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ । 

बेलायतमा रहेका नेम्वाङका जेठाे छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । त्यसकारण नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपतिमा हुने भएको भएको हो । १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं आइपुग्दै छन् । उनका २ छोरीहरू पनि काठमाडौंमा नै छन्।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगो देश नै मर्माहत भएको छ। सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ।

Logo