प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत गौरमा समाजवादी युवा संघ,रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरूद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्। 

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह,अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन्। 

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ।

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्दामा चाँडै सुनुवाइ हुने अदालतले जनाएको छ। 

Logo