संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका छन् ।
बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।
पशुपति आर्यघाट पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ ।
बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको हो । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।































प्रतिक्रिया