गोदावरी पर्यावरणका हिसाबले देशकै नमुना ठाउँ हाेः मन्त्री किराती

गोदावरी पर्यावरणका हिसाबले देशकै नमुना ठाउँ हाेः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमुना भएको बताएका छन्।

गोदावरी नगरपालिका-३ कार्यालयले बिहीबार आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरेका हुन्।

‘गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमुना ठाउँ हो,’ मन्त्री किरातीले भने, ‘जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।’

यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमुना भएकाले सुन्दर बनाउनुपर्नेमा उनले जोड दिए। मन्त्री किरातीले पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नम्बर ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यवसायी र प्रहरीको सहभागिता थियो।

Skip This
Logo