प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसंग चीनकाे हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।
आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग असोज ६ गते हाङजाओमै भेटवार्ता हुने बताएका हुन् । साथै २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको पनि उनले सदनलाई जानकारी गराए ।
‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ उनले भने, ‘ चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ।’
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।





























प्रतिक्रिया