लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन दलहरु गम्भीर हुनुपर्छः मुख्यमन्त्री कार्की

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन दलहरु गम्भीर हुनुपर्छः मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नु पर्ने  बताएका छन्। 

कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने बताएका हुन्। 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै यसप्रति दलहरु सचेत हुन आग्रह समेत गरे। उनले प्रदेशमा राजनीति स्थिरता कायम राख्नका लागि सरकार निर्माणमा सहमती कायम गर्न दलहरुलाई आव्हान गरेका छन्। त्यस्तै वरिष्ठ अधिवक्त्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन,अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

Skip This
Skip This
Logo