विधेयकको असमतिलाई लिएर पठपाठन बन्द गर्नु गलत हो, हामी कारवाही गर्छाैँः मेयर बालेन

विधेयकको असमतिलाई लिएर पठपाठन बन्द गर्नु गलत हो, हामी कारवाही गर्छाैँः मेयर बालेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शिक्षा विधेयकलाई लिएर आन्दोलनरत शिक्षकहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । 

महानगर प्रमुख शाहले शिक्षा विधेयकलाई लिएर विरोध गर्नु जायज भएपनि पठपाठन नै बन्द गर्नु गलत भएको बताएका हुन् । साथै उनले स्टाटसमार्फत पठनपाठनलाई अवरोध पु-याउनेलाई कारबाही गरिनेसमेत उल्लेख गरेका छन् । 

उनले स्टाटस लेख्दै भनेका छन्- 'शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन्छन् । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।'

यस अगाडि नै महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा जाने निजि तथा सार्वजनिक विद्यालयका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ । 

Logo