काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा साउन २०-३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ। आन्तरिक विशेष अभियानमा काँग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो। काँग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो।

काँग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो। यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ। काँग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर-पुस सम्पन्न १४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको काँग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ। काँग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रूपमा लिएको छ। 

Logo