आन्दोलित शिक्षकले सडकको बोटबिरुवा माडेपछि बालेनले भने-‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’

आन्दोलित शिक्षकले सडकको बोटबिरुवा माडेपछि बालेनले भने-‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’


काठमाडौंमा जारी शिक्षक आन्दोलनले नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ । आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएका हुन् । 

सडक यतिबेला पानीका खाली बोत्तल, खानेकुराका खोल र प्लाष्टिकका झोलाले प्रदूषित बनाएको छ । यसैबीच काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् । 

बोटबिरुवामा क्षति पुर्याएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्-

नटिप्नु हेर कोपिला 
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ ।।

Logo