शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छः मन्त्री गुरुङ

शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सरकारले आन्दोलित शिक्षकहरूका माग पूरा गर्ने गरी छलफल सुरु गर्ने जनाएको छ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका हुन्। 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानुनमन्त्री गुरुङले भने, “शिक्षक साथीहरूका बुँदाहरूमा हामीले बुँदागत रूपमा नै बसेर छलफल गरेका छौँ। अब एक छिनपछि शिक्षक साथीहरूका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउनेछौँ,” उनले भने, “उहाँहरूले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ। अब उहाँहरूसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ। आज टुंगिन्छ।”

Skip This
Skip This
Logo