कालोबजारी र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ गर्न जरुरी छः गुरु बराल

कालोबजारी र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ गर्न जरुरी छः गुरु बराल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन्। शुक्रबार बसेको काँग्रेसको केन्द्रीय समितीको बैठकमा उनले कालो बजारी नियन्त्रण गर्नका लागि सरकारलाई पार्टीले ‘वानिङ’ दिनुपर्ने बताएका हुन्। 

उनले भने,‘मुलुक धेरै जरजर अवस्थामा छ। समाजमा विकृति र विसंगती धेरै छ। व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ। हामी सहमतिको सरकारमा छौँ। सरकारमा साझेदारी गरिरहेका छौँ। आपूर्ती मन्त्रालय हामीसँगै छ तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ की तुरुन्त नियन्त्रण र अनुगमन गर भनेर।’ 

उनले बढिरहेको महंगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनेपर्ने बताए। जनताको चुलोचौको धेरै महंगो भएको र देशको अर्थतन्त्रलाई भरथेग गर्न व्यावसायीहरूलाई राहत दिने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ।

Skip This
Skip This
Logo