काठमाडौं । कोरोना भइरसको संक्रमणबाट सोमबार थप एक जनाको ज्यान गएको पुष्टि भएको छ । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार स्टार अस्पतालमा उपचार गराउँदै आएका रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।
ती युवकको शनिबार मृत्यु भएको थियो । उनी स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयूमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । उनको हिजो मात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । उनी तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
त्यस्तै सोमबार मात्रै देशभर ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । देशभर कूल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । कूल संक्रमितमध्ये महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ७ हजार ७ सय ९१ परीक्षण गरिएको छ । अहिलेसम्म २ लाख २३ हजार ६ सय ३० पीसीआर परीक्षण गरिएको छ भने २ लाख ९७ हजार ८ सय ७१ आरडीटी परीक्षण गरिएको छ ।
अहिलेसम्म देशभर क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३ सय ६८ जना रहेका छन् भने आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् ।
सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना डिस्र्चाज भएका छन् । अहिलेसम्म कूल २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन् ।































प्रतिक्रिया