कार्यवाहक प्रधानमन्त्री खड्काले क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई दिए बधाई

कार्यवाहक प्रधानमन्त्री खड्काले क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई दिए बधाई

केन्द्रबिन्दु
0
Shares

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल क्रिकेट संघ (क्यान)को नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । 

शुक्रबार सुरु भएको क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा कार्यवाहक प्रधानमन्त्री खड्का प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।  

Logo