सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छः माधव नेपाल

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छः माधव नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन्।

नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको बताए।

मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरुद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रूपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे।

Logo