सभामुख देवराज घिमिरे आज स्वदेश फर्कँदै

सभामुख देवराज घिमिरे आज स्वदेश फर्कँदै

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरे एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर नेपाल फर्कँदै छन्।

उनी आज बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेका हुन्।  सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३१ गते आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका थिए।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन गएका थिए।

भ्रमणका क्रममा उनले तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट समेत गरेका थिए।

Skip This
Skip This
Logo