जातका आधारमा भोट हाल्ने चलन बढेको छ, यो राम्रो होइनः सभापति देउवा

जातका आधारमा भोट हाल्ने चलन बढेको छ, यो राम्रो होइनः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित नभएको बताएका हुन् । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताए । 

पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गर्ने सभापति देउवाले बताए । 

Skip This
Skip This
Logo