सरकारलाई माधव‍ नेपालले भने- मूल्यवृद्धि अस्वभाविक भयाे, गम्भीर बनाैं

सरकारलाई माधव‍ नेपालले भने- मूल्यवृद्धि अस्वभाविक भयाे, गम्भीर बनाैं

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव‍कुमार नेपालले अहिलेको मूल्यवृद्धि अस्वभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे । 

उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भइरहेको देखिदैँन । भाउ एकैपटक बढाउने कुनै औचित्य छैन । त्यसमा बढाउन कहीँ छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चाहन्छौं।’ 

सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरु पुर्याउने उद्देश्यले गर्न लागेको अध्यक्ष नेपालले बताए । ‘अहिले सञ्चालन गर्न लागेको कार्यक्रम हाम्रो पार्टीले आफ्नो संगठनको प्रयोग गरेर देश व्यापी रुपमा जनताको बीचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो ।’ उनले भने, ‘जनताको माझमा आफ्नो विचार र धारणाहरु पुर्याउने उद्देश्यले जनतामा एउटा विश्वास सिर्जना गर्ने र पार्टी समस्याहरुको बारेमा सही बुझाई छ र समाधानको पनि प्रष्ट सोच रहेको छ भन्ने धारणा बनाएर अगाडि बढेका छौँ ।’ 

अध्यक्ष नेपालले पार्टीले थालेको अभियानको उद्देश्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणकासाथ शोषण, उत्पीडन, अत्याचार जस्ता विकृतिबाट मुक्त समाजलाई सभ्य बनाउनु रहेको पनि बताए । उनले शिक्षा विधेयकको कुरा गर्दै नीतिगत रुपमा यो विषयलाई मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए । 

Logo