नेकपा एसले मेची-महाकाली यात्रा जागरण अभियान गर्ने

नेकपा एसले मेची-महाकाली यात्रा जागरण अभियान गर्ने

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान गर्ने भएको छ। 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, मुलुकको वाम विकल्पको तयारी र आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिसँग मिल्दै अगाडि बढ्ने बताए । 

उनले भने, ‘अब हाम्रो संविधान अनुसार राज्यका निर्देशित सिद्धान्त अनुसार हाम्रो विदेश नीतिलाई स्पष्ट पार्न, ठोस पार्न, मूर्त गर्नको लागि विदेश नीतिका सन्दर्भमा समेत सरकारलाई निर्देशित गर्न कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले आफ्नो दृष्टिकोण राखेका छौ । हामी स्पष्ट दिशामा अगाडि बढ्ने छौ । अगामी दिनमा हामी मुलुकको वाम विकल्पको समेत तयार गर्दै जाने छौ । आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिसँग मिल्दै हामी अगाडि बढ्ने छौँ ।’ 

उनले राजनीतिक पार्टीहरुले अब समृद्धि र समाजवाद तर्फ जानको लागि कार्यक्रम चरणबद्ध रुपमा अगाडि नबढाउने हो भने अलमलिएको र विभाजित भएको राजनीति सुधार हुन नसक्ने बताए । 

मुलुकको सबैभन्दा ठूलो समस्या बेरोजगारी भएको भन्दै उनले यसको समाधानका लागि कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता कुराहरुमा समयानुकुल काम गर्न सकिएन भने देश विकास नहुने बताए । ‘हामीले संरक्षण गर्नुपर्छ, उर्जाको व्यापक विकास गर्ने र सहुलियत दिएर हाम्रो उद्योगलाई जति सहुलिएत दिदाँ अन्तरराष्ट्रिय बजारमा हाम्रो उत्पादन प्रतिस्पर्धी हुन्छ त्यो तहसम्म दिएर हाम्रो उद्योगलाई व्यवस्थित बनाउनु पर्छ । हामी खाद्यान्न, माछा, मासुका आत्मनिर्भर हुन सक्छौ त्यो आधारमा कृषिमा आधारित उद्योगको ठूलो सम्भावना रहेको छ । त्यसको लागि हामीले कृषिमा आधुनिकिकरण, यान्त्रिकरण गर्ने हो भने यसको विकास सहज हुन्छ ।’ 

उनले प्राविधिक विकास आजको आवश्यकता भएको उनले बताए ।

Skip This
Skip This
Logo