हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति भएकाे प्रधानमन्त्रीको दाबी

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति भएकाे प्रधानमन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।
 
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज कैलाशपर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भैसकेको जानकारी दिएका हुन्। 

उनले सिमकोटबाट कैलाश पर्वत तर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने दाबी गरे। चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपालचीन सीमानाबाट भने ७० किलोमिटरको दुरीमा छ।

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संञ्जाल जोडिएको भएपनि सडकको ट्रयाक मात्रै खोलिएकाले यात्रा गर्न असहज अवस्था छ। प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए।

Logo