राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ। तपाईंहरु चार चार वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला।”































प्रतिक्रिया