एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालले दर्ता गरे उम्मेदवारी

एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालले दर्ता गरे उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो । सो समयमा उनीहरुको उम्मेदवारी परेको हो । 

ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् भने खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । 

आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने र मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ। अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। 

Logo