निगमलाई रविको प्रश्न- कर्मचारीलाई बोनस बाँड्न भ्याउने अनि सधैं घाटामा छु पनि भन्ने ?

निगमलाई रविको प्रश्न- कर्मचारीलाई बोनस बाँड्न भ्याउने अनि सधैं घाटामा छु पनि भन्ने ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निर्क्याैल गर्न माग गरेका छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे । ‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ?’ उनले भने,  ‘निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

त्यस्तै, उनले संविधान दिवसको अवसरमा दिएको आममाफिप्रति चर्को असन्तुष्टि पोखे । ‘राष्ट्रपति ज्यूले संविधान दिवसको दिनमा भोज राख्नु भएको थियो तर म सहभागि हुन सकिन् । तर संयोग बस त्यो भोज थिएन । त्यो दिन दाहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछ । म खुसि छु त्यो पार्टीमा त्यो जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधान जसलाई लिएर यो देशले आशा भरोसा राखेको छ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिलले दिएका आममाफिप्रति रास्वपाले विरोध गर्दै आएको छ । 

Logo