एमाले कोशी प्रदेश अधिवेशनः अझै सुरु हुन सकेन मतदान

एमाले कोशी प्रदेश अधिवेशनः अझै सुरु हुन सकेन मतदान

केन्द्रबिन्दु
0
Shares

विराटनगरमा जारी नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु हुन सकेको छैन । 

प्रदेश कमिटी सदस्यमा धेरैजनाको उम्मेदवारी परेकाले सहमति जुटाउन तथा नामावली प्रकाशन र मतदानका लागि व्यवस्थापन मिलाउनका लागि समय लागेसँगै साँझ ५ बजेदेखि मतदान सुरु हुने भनिएपनि अहिलेसम्म सुरु हुन नसकेको हो । 

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। 

कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ । खतिवडा र ढकालबीच हुने यो प्रतिस्पर्धालाई रोक्न थुप्रै नेता कार्यकर्ता सक्रिय थिए तर ढकालले उम्मेदवारी फिर्ता लिन नमानेपछि चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने प्रक्रिया अघि बढेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोख्रेललाई जिम्मेवारी दिंदै खतिवडाको पक्षमा माहौल बनाउन निर्देशन दिएका छन् । विराटनगरमै रहेका महासचिव पोख्रेलसहित एमाले सचिव योगेश भट्टराई, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, लालबाबु पण्डित, भानुभक्त ढकाल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतमलगायतका अधिकांश नेता पनि खतिवडाले प्रदेशको नेतृत्व पाउनुपर्ने भन्दै उनको पक्षमा खुलेर लागेका छन् । 

निरन्तर मोरङको राजनीतिमा हावी हुँदै आएका विनोद प्रदेशमा आफ्नो प्रभाव राख्ने हिसाबमा अघि बढेका देखिन्छन् । हाल केन्द्रिय सदस्य रहेको र भविश्यमा पोलिटब्युरोमा लैजाने भन्दै नेतृत्वले प्रष्ट संकेत गर्दा पनि उनी प्रदेश अध्यक्षमै केन्द्रित रहेर प्रदेश अध्यक्ष बन्न खोज्नुलाई उनको स्वार्थको राजनीति बुझिएको कतिपय नेताहरुको टिप्पणी छ । 

Skip This
Skip This
Logo