अर्थतन्त्र सुधारको कार्यप्रगति संसदीय समितिमा बुझाउन स्वर्णिम वाग्लेको माग

अर्थतन्त्र सुधारको कार्यप्रगति संसदीय समितिमा बुझाउन स्वर्णिम वाग्लेको माग

केन्द्रबिन्दु
0
Shares

अर्थशास्त्री एवं सांसद स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका प्रोत्साहन कार्यक्रम कार्यप्रगति विवरण संसदीय समितिलाई उपलब्ध गराउन अर्थमन्त्रालयसँग माग गरेका छन् ।  

मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका समिति सदस्य वाग्लेले अर्थमन्त्रालयसँग सरकारले बजेटमा घोषणा गरेका विविध कार्यक्रमहरुको कार्यविवरण माग गरेका हुन् । 

उनले भने, ‘बजेट बक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पूँजीगत खर्चको प्रभावकारीताबारे विभिन्न इनिसियटिभहरुको घोषणा गरिएको थियो । तिनको कार्यप्रगति के छ ? कुनै साउनमै आउनुपर्ने थियो, कुनै असोजमा आउने भनिएको छ । कार्तिकपछि त एउटा कडा डेटलाइमा हामी जान्छौं । त्यो हरेक बुँदाको विरुद्धमा आउनुपर्ने प्रगति अर्थ समितिबाट आयो भने राम्रो हुन्छ ।’

सांसद वाग्लेले सरकारलाई आर्थिक क्षेत्रमा सुधारका लागि पर्यटन र उर्जा क्षेत्रको अर्थतन्त्रमा योगदानको हिस्दा उल्लेख गर्दै सरकारले औसतमा म्याक्रो सूचकहरुमा दिने महत्वलाई अवस्था हेरेर सूचकहरुमा ध्यान दिनुपर्नेमा जोड दिए । मोटरसाइकस रिपियल, होलसेल, रिटेलर जस्ता क्षेत्रको झन्डै १६ प्रतिशत योगदान अर्थतन्त्रमा देखिएको भन्दै उनले त्यस्ता क्षेत्रलाई समेटेर कार्यक्रम बनाउन आग्रह गरे ।

Logo