खेलाडीलाई बधाई दिन सरकार बिर्सिँदैन, पुरस्कार दिन चाहीँ बिर्सिन्छः सांसद शाह

खेलाडीलाई बधाई दिन सरकार बिर्सिँदैन, पुरस्कार दिन चाहीँ बिर्सिन्छः सांसद शाह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झुटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले क्रिकेट खेलाडीले खेल जित्दै जाँदा सरकारले भने उधारो पुरस्कार घोषणा गर्दै बसेको भन्दै आक्रोश पोखे । 

‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारले बिर्सेन होला तर, पुरस्कार दिन चाहिँ बिर्सेको छ। सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउन मलाई लाज लाइसकेको छ।’ उनले भने, ‘क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उदारो पुरस्कार घोषणा गर्दै गयो। खेलाडीले पाउनुपर्ने रकम १७ लाख जम्मा भइसकेको छ। तपाईंहरु खेल खेल्न जानुस् फर्किँदा पैसा आउँछ भनेर प्रधानमन्त्रीले भन्नुभयो। तर, भुक्तानीको कुरा छैन। तर, दलाल, विचौलिया, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला। तर, खेलाडीलाई झुटो आश्वासनमा झुलाइएको छ।’

Logo