सरकारकै आडमा आफूमाथि सांघातिक हमला भएकोमा अध्यक्ष ओलीको आपत्ति

सरकारकै आडमा आफूमाथि सांघातिक हमला भएकोमा अध्यक्ष ओलीको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई समाते जस्तो मात्र गरेर छोड्दिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले  गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्दा पनि कारबाही गर्न नसकेकोमा आपत्ति जनाएका हुन् । 

‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । गराउँछ हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्ने त्यस्ता मानिसहरुलाई समाउदैन, समाते पनि तत्काल छाड्छ ।’ उनले भने, ‘प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन् । हामीलाई हमला गर्ने त्यसमा केही पनि नगर्नु भन्ने ।  हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका प्रमुख पार्टीहरुका कार्यकर्ता हुन् ।’

अध्यक्ष ओलीले सरकारले फाईल खोल्छु भन्ने तर खोलेको फाईलहरु बीचमै छोड्ने गरेको आरोप लगाए । ‘यो फाईल खोल्छु त्यो फाईल खोल्छु तर आफ्नो समर्थक पत्रकारलाई सोधिन्छ फाईल के गर्नुहुन्छ । मैले त्यसै बेला भनेको थिए खोल्नुहोस् खेलेको फाईलको के छ हालत । ललिता निवासको फाईल त खोल्नुभयो तर बन्द गर्न कति गर्यो भयो ? कसरी बचाउने भनेर पसिना छुटाएको थियो।’ 

Logo