राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा स्वर्णिम वाग्लेले डेङ्गी नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले तनहुँमा डेङ्गी बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामग्री समेत सरकारले उपलब्ध नगराएको प्रति आक्रोश पोखे । उनले भने, ‘औषत १०० जनाको डेङ्गी परिक्षण हुदा ६०/७० प्रतिशत पोजेटिभ आइराखेको छ । डेङ्गी किट र ब्लड काउन्ट गर्ने आधारभूत सामग्रीहरु पनि व्यक्तिगत पहलमा सांसदले पठाइ दिनुपर्ने अवस्था आएको छ । प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस् ।’
साथै उनले वैदेशिक रोजगारीमा गर्मी ठाउँमा काम गरेर फर्किएकामा मृर्गौलासम्बन्धी रोगका कारण पीडित भएको प्रतिवेदन सार्वजनिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । ‘राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी मध्ये एक तिहाई बिरामीहरु वैदेशिक रोजगारबाट फर्केका र औषतमा ४० वर्षभन्दा कम उमेर रहेको पाइएको छ । यो दर्दनाक अवस्था हो । ती मध्ये ७० प्रतिशत भन्दा बढी व्यक्तिहरुले दैनिक चरम गर्मीमा काम गरेका कारण रोगी बनेको प्रारम्भिक हाइपोथेसिस छ । तुरुन्तै गरिनुपर्ने काम, विदेश जानुअघि राम्रो अभिमुखीकरण गर्नेे, डिहाईडे«सन लगायतका कुरामा एअरपोर्टमै भएपनि बुथ राखेर श्रव्यदृश्य सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ,श्रम मन्त्रालको यसमा ध्यान जाओस्,’ वाग्लेले भने ।





























प्रतिक्रिया