नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् ।
अध्यक्ष ओली बोल्ने क्रममा फ्लोरबाट भीम रावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लिएका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भनेका थिए ।
त्यसपछि अध्यक्ष ओलीले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए ।





























प्रतिक्रिया