इजरायलको युद्ध क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिला नगर्न माओवादीको आग्रह

इजरायलको युद्ध क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिला नगर्न माओवादीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले सरकारलाई इजरायलमा रहेका नेपालीहरुको उद्धारमा ढिला नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

सोमबार सिंहदबारमा बसेको संसदीय दलको बैठकले इजरायलमा घाइते नेपाली विद्यार्थीहरुको उपचार , शव नेपाल ल्याउने र नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउन छिटो पहलकदमी गर्न आग्रह गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए  ।

उनले भने, ‘इजरालयमा जुन घट्ना घटेको छ । घटनामा परि  नेपाली विद्यार्थीको निधन भएको छ । उहाँहरु सबैलाई समवेदना प्रकट गर्ने । शव नेपाल ल्याउने, घाइतेहरुको उपचार लगायत नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउनेलगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्न आग्रह गर्ने निर्णय भएको छ ।’ 

आजै बस्ने मन्त्रीपरिषद् बैठकले इजरायलमा रहेको नेपालीहरुको उद्धार र घाइतेको उपचारबारे निर्णय लिने पनि उनले जानकारी दिए । उनले  आजै बस्न लागेको सर्वदलीय बैठकमा पनि त्यसबारे छलफल हुने बताए । 
 

Skip This
Skip This
Logo