उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागुऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् ।
लागुऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुर्याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिंगो समाज यसकाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । “सबैको साझा संकल्प र प्रयत्नबाट लागुऔषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो”, लालटिन अभियानको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुभारम्भ गर्दै उनले भने, “घर, समाज र राष्ट्रलाई लागुऔषधमुक्त बनाउनका लागि सबैले संकल्प गर्नु आवश्यक छ ।”
उपप्रधानमन्त्री खड्काले सीमा नाकामा हुने लागुऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । “सिमाबाट हुने लागुऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने, “यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”
उनले लागुऔषधको दुव्र्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।





























प्रतिक्रिया