मोदीले जानकारी गराएर नेपालको भ्रमण गर्नुपर्थ्याेः सांसद खतिवडा

मोदीले जानकारी गराएर नेपालको भ्रमण गर्नुपर्थ्याेः सांसद खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीस्तरीय आधिकारीक भ्रमण गरेको भए हुन्थ्यो भनेका छन्।  

प्रतिनिधिसभा बैठकपछि सञ्चाकर्मीसंग सांसद खतिवडाले मोदीले भ्रमण गरेको भूमि नेपाली भएकोले सांसद खतिवडाले आधिकारीक रुपमा ती क्षेत्रको भ्रमण गरेको भए राम्रो हुने बताएका हुन् । 

उनले भने, ‘हामीले बहने कुरा मात्र गर्नुभएन । राष्ट्रियताको मामिलामा कोही भन्दा हामी कम छैनाैं । राष्ट्रियताका लागि कालापानी युद्धदेखि लिएर धेरै ठूला युद्ध भएका छन्, त्यसमा नेपालीले सहादत पाएका छन । त्यो भूमि नेपालको हो भन्ने कुरामा केही विवाद छैन । र, यो विषयमा आधिकारीक रुपमा प्रधानमन्त्रीस्तरीय भ्रमण भएको भएदेखि राम्रो हुन्थ्यो । व्यक्तिगत भ्रमणको विषयमा धेरै टिप्पणी गर्दिनँ ।’

भारतीय प्रधानमन्त्री मोदी आज (बिहीबार) बिहान कालापानी लिपुलेक क्षेत्रमा पुगेका थिए । उनले त्यहाँबाट कैलाश पर्वतको दूरदर्शन र पूजापाठका गरेका छन् । 

Logo