कोशी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्रीले विश्वासको मत लिने

कोशी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्रीले विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

माओवादीलाई सरकारको नेतृत्व दिने गठबन्धनका शीर्ष नेताहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरी शेखर कोइराला समूहका कार्की एमालेको सहयोगमा मुुख्यमन्त्री बनेका हुन् ।

कार्कीले नेकपा एमालेका रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएका छन् । 

प्रदेशमा ६ सिट रहेको राप्रपाले भने सरकारलाई विश्वासको मत नदिने र आफू प्रमुख प्रतिपक्षी भएर बस्ने जनाएको छ ।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ तथा जनता समाजवादी पार्टी, जसपाका एकजना सांसद छन् ।

Skip This
Skip This
Logo