राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलामा बोल्दै उपाध्यक्ष अर्यालले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन् । उनले भने, ‘कहिलेकाहीँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक पार्टी भन्दै गर्दा मलाई त लाग्छ अब यो देश निर्विकल्प हो । निर्विकल्प हुने छ । विकल्परहित भएर राष्ट्रिय स्वतन्त्र पार्टी देश बनाउन आएको छ ।’
उपाध्यक्ष अर्यालले आउने निर्वाचनमा सबै वडा र स्थानीय तहमा रास्वपाको घण्टी बजाउने प्रयास गरिने बताए ।





























प्रतिक्रिया