सरकारले हजार र पाँच सयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्नुपर्छः नेता केसी

सरकारले हजार र पाँच सयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्नुपर्छः नेता केसी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले, एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् । 

कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका सांसद केसीले, नेता तथा व्यापारिका घरमा अरबौँ रकम अबैध सम्पति रहेको दाबी गरे । ‘अहिले राष्ट्रका सम्पतिहरु, अरबौं अरब रुपैयाँ कालाबजारीदेखि राजनीतिक नेतृत्वसंग पनि डम्प भएर बस्या छ त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले ? त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा होइन भने यही काला बजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई खेलमठेल गर्दागर्दै विकृती पैदा हुने थिति चै अन्त्य हुँदैन । त्यसको परिणाम चै हामीले ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।’

उनले आम नागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए । 

अर्को प्रशंगमा नेता केसीले अहिलेको राजनीतिप्रति आम नागरिकको चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन् काम गर्नु पर्ने बताए । संसद हो र होइन् भन्ने थलो मात्रै बनेको उनको टिप्पणी छ । 

Logo