राष्ट्रपति पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा गर्ने

राष्ट्रपति पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन्। 

पौडेलले राष्ट्र प्रमुखको रुपमा बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी त्यहाँ नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन्। 

पौलेले शनिबार दिउँसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

१५ दिन लामो २०८०को बडादसैँ आजदेखि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ।

Skip This
Skip This
Logo