आज संसद्का तीन समितिको बैठक बस्दै

आज संसद्का तीन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति,कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

कानून, न्याय तथा मानव अधिकार समितिमानेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफल हुने भएको छ। 

सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्ने बैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्था सम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ। 

यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ। बैठकमा माछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ। 

साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ। यता खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको पनि बैठक बोलाईएको छ। बैठक दिउँसो १ बजे समिति सभाकक्ष सिंहदरबारभित्र बस्दैछ। 

Logo