राष्ट्रपति पौडेलले गरे संसद्को चालु अधिवेशनकाे अन्त्य

राष्ट्रपति पौडेलले गरे संसद्को चालु अधिवेशनकाे अन्त्य


राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशनकाे अन्त्य गरेका छन् ।

सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि संसद्को दुवै अधिवेशनको अन्त्य गरेका हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल कार्तिक १६ गते बिहीवार राति १२ बजेदेखि अन्तय गरेको छु’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

No description available.

Logo