भूकम्प पीडितलाई माओवादीको ६० लाख सहयोग, कर्णालीका सम्पूर्ण नेता कार्याकर्ता भूकम्प पीडितको आवास निर्माणमा खटिने

भूकम्प पीडितलाई माओवादीको ६० लाख सहयोग, कर्णालीका सम्पूर्ण नेता कार्याकर्ता भूकम्प पीडितको आवास निर्माणमा खटिने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले जाजरकोट भूकम्प पीडितलाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले, केन्द्रबाट ५० लाख र प्रदेश कमिटिबाट एक एक लाखसमेत गरी ६० लाख नगद भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। 

त्यस्तै यो दुखको घडिमा गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौँको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उनले बताए। उनले भने,‘यो दुखद क्षणमा पूर्व निर्धारित काठमाडौंको प्रर्दशन तत्कालका लागि स्थगित गर्ने र सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा पुर्नवासमा लगाउने निर्णय भएको छ।’ 

काठमाडौँ बाहेक अन्य स्थानमा पूर्व निर्धारित कार्यक्रम यथावत रहेको बताएका उनले कर्णाली प्रदेशमा सम्पूर्ण नेता कार्यकता पीडितको राहत तथा पुर्नवासका आवश्यक अस्थायी संरचना निर्माणमा खटिने बताए। 

उनले भने, ‘कर्णालीका सम्पूर्ण नेता कार्यकर्ता भूकम्प पीडितको राहतमा केन्द्रित हुनुहुनेछ। अस्थायी आवास निर्माण र राहत तत्कालको महत्वपूर्ण अभियान हो। सबै त्यसमा लाग्नु हुनेछ। हामी सबै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई भूकम्प पीडितको राहत तथा वासस्थान निर्माणमा खटिन अपिल गर्दछौँ ।’

Skip This
Skip This
Logo