राष्ट्रपति पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रकाे अवलाेकन गर्ने

राष्ट्रपति पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रकाे अवलाेकन गर्ने


राष्ट्रपति रामचन्द्र पौडेलको बुधबारदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेकाे उनका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए । 

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको जनाइएको छ । 

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गरेकाे प्रेस सल्लाहकार पोखरेलले बताए । 

Logo