विश्व विज्ञान दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

विश्व विज्ञान दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको बताएका छन्। 

विश्व विज्ञान दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदा उनले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताए। 

उनले भने,‘नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ। अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ।’ 

उनले आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चारमाध्यमहरु र विद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको बताए।

वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका भन्दै यसको प्रवद्र्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका पनि उनको भनाई छ।
 
उनले भने, ‘वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका छन्। चालु आर्थिक वर्षमा सरकारले वैज्ञानिक अनुसन्धानकर्मी, आविष्कारक युवा उद्यमीलाई सहयोग पुयाउन अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन जस्ता युवामैत्री कार्यक्रमहरुका लागि बजेट विनियोजन समेत गरेको छ। सरकारले अनुसन्धान आविष्कार र उद्यमशीलता प्रवर्द्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका छ।’

यस्तै, उनले नीतिहरु र वैज्ञानिक अनुसन्धानमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निमार्णको बाटोमा सबै सरोकारवालाहरुसँग समन्वयात्मक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक भएको भन्दै सरकारले विज्ञान, प्रविधिको माध्यमबाट बेरोजगारीको समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाई समृद्धि गर्न द्रुढ संकल्प गरेको बताए। 

Logo