सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।पछिल्लोसमय नेपालका विभिन्न स्थानमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको र त्यसकाे प्रमुख कारण बनेकाे टिकटकमा सरकारले यस्ताे कदम चालेकाे हाे ।
टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । ‘निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ । केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ । आवश्यक प्राविधिक व्यवस्था गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा लागिसकेकाे छ ।’
टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसअघि पनि टिकटक बन्द गर्नुपर्ने आवाज उठेको थियो । छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा विकृति फैलिनुका साथै शैक्षिकस्तर खस्किन थालेपछि बन्द गरिएको थियो ।































प्रतिक्रिया