सर्जक दीपा वली अस्ताइन, नेतृ कोमल वलीलाई मातृशोक

सर्जक दीपा वली अस्ताइन, नेतृ कोमल वलीलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

लाेकप्रिय गायिका, नेकपा एमालेकी नेतृ तथा पूर्व राष्ट्रिय सभा कोमल वलीलाई मातृशोक परेको छ । गत १ महिनादेखि अल्का अस्पतालमा उपचाररत रहेकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो । 

उनी लामो समयदेखि अष्टियो पोरोसिस अर्थात हड्डीमा क्याल्सियमको कमी हुने रोगबाट ग्रसित थिइन् । 

दीपाको रचना रहेको ‘मलमलकिरी जुनकिरी’ गीत नै छोरी कोमल वलीको गायन क्षेत्रमा परिचय बनेको थियो ।

विसं १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा एक अब्बल गीतकार पनि थिइन् । उनैको रचना रहेको ‘मलमलकिरी जुनकिरी’ गीत छोरी कोमल वलीको गायन क्षेत्रमा परिचय बनेको थियो । साथै उनले सयपत्री उनेर लाउने बेलामा (रेडियो नेपाल), नबुन ज्ञानी हजारीको ता (रेडियो नेपाल), आँखै लाउने गाजलु (म्यूजिक नेपाल),  पढ छोरी बढ छोरी (रत्न रेकर्डिङ), मेरी आमा हुँदि हुन् तो चोलि दाईजो दिदी हुन् (तिज गीत रेडियो नेपाल), एकुमा बिराउँ बालाले (कृष्ण भजन) रेडियो नेपाल, म त सानी छु, नानी छु (बाल गीत रेडियो नेपाल), गाउँको पानी मीठो (राष्ट्रिय गीत के सिरिज कम्पनी), देउसी भैलो (रेडियो नेपाल)लगायत २ दर्जन गीतको शब्द रचना र भाका संकलन गरेकी छन् । 

पञ्चायतकालमा महिला संगठनको राप्ती अंचल उपसभापतिसमेत भएकी दीपा नेपाल रेडक्रसकी आजीवन सदस्य हुन् ।

पञ्चायतकालमा महिला संगठनको राप्ती अंचल उपसभापतिसमेत भएकी दीपा नेपाल रेडक्रसकी आजीवन सदस्य हुन् । उनको श्रीमान, २ छोरा र २ छोरी छन् । छोरी कोमल लामोसमयदेखि गायन क्षेत्रसँगसँगै नेपाली राजनीतिमा सक्रिय छिन् भने जेठो छोरा यामिन्द्र वली हाल नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । अर्का छोरा नरेन्द्र वली लामो समय कान्तिपुर एफ एम, क्लासिक एफ एममा कार्यक्रम संचालक रहेर हाल स्वतन्त्र पत्रकार बनेका छन् । छोरी प्रज्ञा वली शरद गायिका हुन् । साथै हाल उनी रेडियो नेपालमा मुख्य कार्यक्रम अफिसरका रुपमाा कार्यरत छिन् । 

 

Skip This
Skip This
Logo